कांग्रेस मुख्य सचिव बने राष्ट्रियसभा सदस्य

बुधबार, माघ १२, २०७८

काठमाडौं, १२ माघ : सत्तारुढ नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रिय सभा निर्वाचनमा बागमतीबाट पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।  

पौडेलले स्थानीय तहतर्फ ११७ पाएका थिए । यस्तै प्रदेशतर्फ ५६ मत अर्थात २ हजार ६८८ मतभार गरी कूल ४ हजार ७९४ मतभार प्राप्त गरेका हुन् ।

पौडेल यसअघि १४औं महाधिवेशनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए । 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  २०:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार