सोसल मिडिया
Contact Us
युनिकोड
गण्डकी, १२ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका तीन सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराको परिसरमा आज बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको मतदानपछि साँझ सम्पन्न मतगणनामा गठबन्धनका उम्मेदवार तीनै पदमा विजयी भएका हुन् । सत्ता गठबन्धनबाट अन्य समूहमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका सुरेशकुमार आलेमगर तीन हजार ९६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा ९एमाले०का पुण्यप्रसाद पौडेलले दुई हजार ६९४ मत प्राप्त गर्नुभएको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ । महिलातर्फ नेपाली कांग्रेसका कमला पन्तले तीन हजार ८४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लीला पोखरेल९थनेत०ले दुई हजार ७२४ मत प्राप्त गर्नुभयो । यसैगरी दलिततर्फ माओवादी केन्द्रका भुवनबहादुर सुनारले तीन हजार ४८ मत प्राप्त गरी विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार सुनामले दुई हजार ७२४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो । राष्ट्रियसभाको निर्वाचनमा गण्डकीमा प्रदेशसभाका ५९ सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख १७० गरी २२९ मतदाता रहेका थिए । प्रदेशसभाका ५९ र स्थानीय तहका १६८ जनाले मतदान गर्नुभएको थियो । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको १८ मतभार रहेको थियो । प्रदेशभाको तीनै समूहमा एक मत र स्थानीय तहतर्फ दलितमा दुई र अन्य अन्यतर्फ एक मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदानका लागि प्रदेशसभा र स्थानीय तहको गरी दुई मतदान केन्द्र रहेको थियो । विजयी उम्मेदवारलाई बिहीबार निर्वाचित प्रमाणपत्र प्रदान गरिने निर्वाचिन अधिकृत भट्टराईले जानकारी दिनुभयो ।
बागमतीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका पौडेल र तिमल्सिना निर्वाचित बागमती प्रदेशको बुधबार हेटौँडामा सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार क्रमशः कृष्णप्रसाद पौडेल र गोमादेवी तिमल्सिना विजयी भएका छन् । बागमतीको रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै पौडेल र तिमल्सिना निर्वाचित भएको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए। गठबन्धनबाट उम्मेदवार बनेकी तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आबद्ध हुन् । तिमल्सिना र पौडेल क्रमशः ४६३ र ४५० मतभारले विजयी भए । महिला सदस्यमा तिमल्सिनाले चार हजार ८२४ मतभार प्राप्त गरिने भने उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) बाट उम्मेदवार बनेकी निरुकुमारी कुँवरले चार हजार ३६२ मतभार र नेमकिपाको महिला उम्मेदवार गीता काफ्लले १३२ मतभार प्राप्त गरिन् । त्यसैगरी अन्य सदस्य पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका पौडेलले चार हजार ७९४ मतभार प्राप्त गरिन् । उहाँको निकटतम प्रतिस्पर्धी एमालेका तर्फबाट उम्मेदवार बनेका गोपाल शाक्यले चार हजार ३४४ मतभार प्राप्त गरे । नेमकिपाको तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । प्रदेशसभाका कूल १०९ जना मध्ये १०६ जना मात्रै मतदान प्रक्रियामा सहभागी भएका थिए । विवेकशील दलको तीन जना प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भएनन् । निर्वाचनमा बागमती प्रदेशका १०९ सदस्य र ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका थिए ।