सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं– नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिमबाट जगत पार्की विजयी भएका छन्। उनी दलिततर्फबाट गठबन्धनका साझा उम्मेदवार थिए। उनले प्रदेश सभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर विजयी भएका हुन्। नेकपा एमालेका उम्मेदवार नरेश विकले भने प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मत प्राप्त गरेका छन्। बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभा सदस्यका लागि मतदान भएको थियो। बुधबार रातिसम्म सबै प्रदेशको परिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ।