चिकित्सकमाथिको आक्रमणमा घुसपैठ भयो : जनमत पार्टी 

बुधबार, माघ १२, २०७८

महोत्तरी, १२ माघ । महोत्तरीको प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरटेन्डन्ट (मेसु) डा. सतीश कुमार साहमाथि भएको आक्रमणमा घुसपैठ भएको जनतम पार्टीले दाबी गरेको छ ।  जनकपुरको पिडारी चोकमा बुधबार मेसु साहमाथि राष्ट्रिय सभा सदस्य निर्वाचनको विरोध प्रदर्शनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले आक्रमण गरेका थिए । बर्दिबास हिँडेका उनी सवार एक्कासि जनमतका कार्यकर्ताहरुले आक्रमण गरेको मेसु साहले बताएका थिए । 

आक्रमणमा परी साहको मुखमा आठ वटा टाँका लगाएर उपचार गरिएको छ भने शरीरका विभिन्न भामा चोट लागेको छ । आफू स्वास्थ्यकर्मी भएको बताउँदाबताउँदै आफूमाथि सिके राउतका कार्यकर्ताले चिर्पट प्रहार गरेको साहले बताए ।  तर, डा. साहमाथि भएको आक्रमणमा घुसपैठ भएको जनमत पाटीका केन्द्रिय सदस्य सञ्जय स्वराजीले दाबी गरे  ।  डा. साहलाई लक्षित गरी आक्रमण नगरिएको उनको दाबी छ ।  जनमत पाटीको प्राणरक्षक चिकित्सकहरू माथि आक्रमण गर्ने नीति छैन,’  न्युज कारखानासँग कुरा गर्दै नेता स्वराजीले भने, भूलबस वा जनमतको नाममा कोही घुसपैठ भएको हुनसक्छ ।’ 
 

Avatar

Avatar

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार