राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा मतगणना हुँदै

बुधबार, माघ १२, २०७८

जनकपुरधाम, १२ माघ । राष्ट्रिय सभाको दुई सदस्य चयनका लागि मधेश प्रदेशमा भएको निर्वाचनको मतगणनाको तयारी थालिएको छ । बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनमा ९८ प्रतिशतभन्दा बढी मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।  कुल मतदाता ३७२ जना रहेकोमा ३ सय ६६ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए ।  बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा निर्धारित समयमा ६ जनाले मतदान नगरेको प्याकुरेलले बताए । मतदान नगर्नेमा चार जना स्थानीय तहका जनप्रतिनिधि र दुई जना प्रदेशसभा सदस्य रहेका छन् ।

निर्धारित समयमा ६ जना नआएकाले अब उनीहरुले मत खसाउन नपाउने प्याकुरेलले बताए ।  मधेस प्रदेशमा २६८ जना स्थानीय तहका मतदाता रहेकोमा १३२ पुरुष र १३२ महिलाले मतदान गरेका छन् । त्यस्तै प्रदेशसभाका १ ०२ सदस्यले मतदान गरेका छन् । मतदान सकिएसँगै अपरान्ह साढे ३ बजेपछि मतगणना हुने प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले बताए ।  राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो । 
 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार