राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा मतगणना सुरु

बुधबार, माघ १२, २०७८

दाङ, १२ माघ । राष्ट्रिय सभाको तीन सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको निर्वाचनको मतगणना सुरु भएको छ ।  बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनको मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा लुम्बिनी प्रदेशका लागि मतदान स्थल तोकिएको थियो ।  राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो । 
 

Avatar

Avatar

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार