गठबन्धनको पक्षमा मत दिन आग्रह

मंगलबार, माघ ११, २०७८

काठमाडौं, ११ माघ : नेपाली कांग्रेस कर्णाली प्रदेशका तीन नेताले गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आह्वान गरेका छन् । 
बुधबार हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस सहित गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गर्न उनीहरुले आग्रह गरेका हुन् । 

नेपाली कांग्रेस दैलेखका निवर्तमान सभापति कृष्णकुमार विसी, जुम्ला कांग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्रबहादुर शाही र नेता भुपेन्द्रजंग शाहीले एक विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारलाई मत दिन कर्णाली प्रदेश सभा, नगरपालिका, गाउँपालिकाका प्रतिनिधिहरुलाई आग्रह गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  २१:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार