राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ बाहेकमा मतदान नगर्न राप्रपाको आफ्ना प्रतिनिधिलाई निर्देशन 

मंगलबार, माघ ११, २०७८

काठमाडौं, ११ माघ  : राप्रपाले बुधबार (भोलि) १९ सिटका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ बाहेकमा मतदान नगर्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिएको छ । 

राप्रपाको मंगलबार बसेको बैठकले प्रदेश १ मा पार्टीका उम्मेदवारद्वय अम्बरबहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न र अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए । 

विज्ञप्ति

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मा.राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले राष्ट्रिय सभा निर्वाचन सम्बन्धमा देहाय बमोजिम निर्णय गरेको छ ।

यही माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नंं १ मा पार्टीका उम्मेदवारहरु अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिने र अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो । 

भुवन पाठक
महामन्त्री

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १६:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार