साकेलामा राष्ट्रिय कर्मचारी संगठन निजामतीको पालिका कमिटी

सोमबार, माघ १०, २०७८

खोटाङ, १० माघ । खोटाङको साकेला गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पालिकास्तरीय कमिटी गठन गरिएको छ । भेलाले बबिन घिमिरेको अध्यक्षतामा ३९ सदस्यीय कमिटी गठन गरेकाे हाे  । उपाध्यक्षमा अर्चना राई, सचिवमा गणेश राई, सहसचिवमा सुवास राई र कोषाध्यक्षमा शिला थापा चयन भएका छन् । रविन मगर, सन्तोषकुमार राई र होमनाथ ढकाललाई सल्लाहकार चयन गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  ११:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार