मन्त्रीको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने 

शुक्रबार, माघ ७, २०७८

जनकपुर, ७ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने भएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत लक्षित हिंसात्मक अभिव्यक्ति दिएको विरोधमा मन्त्री यादवविरुद्ध प्रदर्शन हुन लागेको हो ।  युवा संघका नेता जानी खानका अनुसार अपरान्ह २ बजे जनकचौकमा प्रदर्शन हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार