राष्ट्रियसभा निर्वाचनमा मधेस प्रदेशमा एमाले र लोसपाबीच सहमति

बिहीबार, माघ ६, २०७८

काठमाडौँ, ६ माघ । नेकपा (एमाले)  र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल बीच यही माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशमा एकअर्काका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।  एमालेका मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपाका प्रदेश समिति अध्यक्ष जीतेन्द्र सोनलबीच आज उक्त सहमतिपत्रमा हस्ताक्षर भएको उनीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारीलाई सूर्य चिह्नमा र महिलातर्फ लोसपाका उम्मेदवार रुपाकुमारी यादवलाई साइकल चिह्नमा मतदान गर्ने सहमति भएको छ । मधेस प्रदेशका जनताको चाहना र भावनालाई ध्यानमा राखि एमाले र लोसपाबीच सहमति भएको विज्ञप्तिमा उल्लेख छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार