सत्तारुढ गठबन्धनको बैठक स्थगित 

बिहीबार, माघ ६, २०७८

काठमाडौ, ६ माघ । सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएकाे छ । बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएकाे हाे । ‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आज बस्ने गरी समय मिलाउँदै छौं,’ सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने । उनका अनुसार बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १२:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार