पाँच घण्टामा १९४ मत खस्यो

मंगलबार, पुस २७, २०७८

अछाम, २७ पुस । नेकपा एमाले अछामको आठौँ अधिवेशनमा मतदान प्रक्रियामा निकै सुस्त देखिएको छ । बिहान ९ बजेबाट सुरू भएको मतदानअन्तर्गत दिउँसो २ बजेसम्म घन्टामा एक सय ९४ मत खसेको निर्वाचन समितिका सदस्य भीम बुढाले जानकारी दिए । मतदान ढिला भएको भन्दै मतदाताहरूले आक्रोश पोखेको छन् । मतदान गर्न डेढ घन्टासम्म लाइन बस्नु परेको उनीहरूको गुनासो छ । एक जनाले मतदान गर्न २० मिनेट लाग्ने गरेको छ। आयोजक कमिटीले मतदानस्थल व्यवस्थित नबनाउँदा कमजोरी भएको मतदाताहरूको आरोप छ । यही गतिमा मतदान भए राति १२ बजेसम्म पनि मतदान नसकिने मतदाताहरू बताउँछन् । मतदान प्रक्रिया छिटो बनाउन अध्यक्षका उम्मेदवार प्रकाश शाह, चन्द्र बोहरा मतदान स्थलमै पुगेका छन् । 

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार