प्रेस चाैतारी काठमाडाैंकाे अधिवेशन आज, पृथ्वीसुब्बाले उद्घाटन गर्ने

मंगलबार, पुस २७, २०७८

काठमाडाैं, २७ पुस । नेकपा (एमाले) निकट प्रेस चाैतारी नेपाल काठमाडौंको जिल्ला अधिवेशन आज मंगलबार हुँदैछ ।  बिहान १० बजे बागबजारमा हुने अधिवेशनकाे उद्घाटन एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम रहेकाे जानकारी दिइएकाे छ ।  अधिवेशनमा एमाले नेताहरु राजन भट्टराई, बिष्णु रिजाल र काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलासमेत सहभागी हुनेछन् ।

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ११:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार