एमाले बैतडीमा सहमति, पाल सर्वसम्मत अध्यक्ष चयन

आइतबार, पुस २५, २०७८

बैतडी, २५ पुस : नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा निवर्तमान अध्यक्ष सुरेन्द्र पाल नै सर्वसम्मत चयन भएकाछन् । यसअघि अध्यक्षमा गोरख बहादुर चन्दको समेत उम्मेदवारी परेकोमा चन्द उम्मेदवारी फिर्ता लिन तयार भएपछि सहमति जुटेको हो । 

उपाध्यक्षमा यसअघि नै रमील बम चयन भैसकेकाछन् । यसैगरी सचिवमा चक्र कार्की चयन भएकाछन् भने उपसचिवमा चन्द प्यानलबाट एक जना राख्ने सहमति भएको छ । 

जिल्लास्थित नेताहरू र उम्मेदवारहरूका बीचमा भएको गहन छलफल पछि सहमति जुटेको अनेरास्ववियु केन्द्रीय उपमहासचिव गोविन्द गिरीले बताए । 

राष्ट्रिय युवा संघ नेपाल आबद्ध युवाहरूको पहलमा सहमति जुटेको पाटन नगरपालिका वडा न. १०का वडाध्यक्ष देवेन्द्र कुवरले बताए । 

एमाले अछाममा शाह प्यानलबाट उम्मेदवारी दर्ता

नेकपा एमाले अछामको नेतृत्वका लागि प्रकाश शाह प्यानलले उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन अधिकृत कार्यालयको कार्यालय रहेको एमाले पार्टी कार्यालय मंगलसेनमा अध्यक्ष पदमा प्रकाश शाह, उपाध्यक्ष बल बहादुर कुँवर, सचिव भीम बहादुर रावल (कालोटोपी), उपसचिवमा प्रेम बहादुर महर र प्रेम खत्रीले उम्मेदवारी दर्ता गराएका हुन ।

अर्को प्यानल चन्द्र बोहरा प्यानल केही समयमा उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेको छ ।

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार