सोसल मिडिया
Contact Us
युनिकोड
अर्घाखाँची, २४ पुस : नेकपा एमाले अर्घाखाँचीको सन्धिखर्कमा जारी अधिवेशनले पदाधिकारीहरू सहित जिल्ला कमिटीको टुंगो सर्वसम्मत रूपमा लगाएको छ ।
नेतृत्वसहित जिल्ला कमिटीले चयनको लागि भएको लामो रस्साकस्सीपछि पीताम्बर भुसालको नेतृत्वमा ९० सदस्यीय नयाँ कार्यसमितिको टुंगो लागेको हो ।
जसको उपाध्यक्षमा ईश्वरा पोख्रेल, सचिवमा विधान रायमाझी, उपसचिवमा शम्भु पोख्रेल र भीम केसी लगायत निर्विरोध चयन भएका छन् । यद्यपि यो समाचार तयार पार्दासम्म निर्वाचन समितिले औपचारिक घोषणा भने गरिसकेको छैन ।
अधिवेशनको शुक्रबार एमाले केन्द्रीय सचिव टोप बहादुर रायमाझीले उद्घाटन गरेका थिए ।
एमाले बैतडी जिल्ला नेतृत्वमा सहमति जुटेन, निर्वाचनको तयारी
नेकपा (एमाले) बैतडी जिल्ला अधिवेशन पाटनमा शुक्रबारदेखि जारी रहेको छ । शुक्रबार उद्घाटन सभा सम्पन्न गरेको एमालेले आज बन्दसत्र पनि टुंग्याएको छ । बन्दसत्रबाट सहमतिमा नयाँ नेतृत्व चयनको प्रयास गरिए पनि सहमति भने जुट्न सकेको छैन ।
निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन तालिका अनुसार अहिले मतदाता नामावली सार्वजनिक गरिएको छ । विभिन्न स्थानीयतहबाट आएका ५ सय ९ जना र जिल्ला कमिटीले मनोनयन गरेका २६ जना प्रतिनिधि गरी जम्मा ५ सय ३५ जना मतदाताको नामावली सार्वजनिक गरिएको छ ।
साँझ ५ बजेदेखि उमेद्वारहरूको मनोनयन दर्ता हुने बताइएको छ । यसअघि दिउसो १ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने भनिएकोमा प्राविधिक कारणले प्रक्रिया केही ढिला भएको प्रमुख निर्वाचन अधिकृत नरेश विश्वकर्माले जानकारी दिए ।
एमाले बैतडीको जिल्ला अध्यक्षमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द आकांक्षी रहेकाछन् । यता एमाले बैतडीका सहइञ्चार्ज लिलाधर भट्टले निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि अझै पनि सहमतिको अन्तिम प्रयास जारी रहेको बताएका छन् ।
अध्यक्ष र सचिव पदमा चुनाव हुने सम्भावना रहेको छ ।