एमाले लमजुङको जिल्ला अधिवेशन आज, उपमहासचिव गुरुङले सम्बाेधन गर्ने

शुक्रबार, पुस २३, २०७८

लमजुङ, २३ पुसनेकपा (एमाले) लमजुङको ८औँ जिल्ला अधिवेशन आजदेखि सुन्दरबजारमा सुरु हुँदैछ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरका जिल्ला अधिवेशनकाे एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ । लमजुङमा त्यसपछि केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । बन्दसत्र भाेलिबाट जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने नेकपा एमाले लमजुङका सचिव शुभाष पौडेलले बताए । बन्द सत्रमा प्रतिनिधि, पर्यवेक्षक र आयोजकगरी करिब ६ सय जनाको सहभागिता रहने छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार