नैतिक आधारमा पार्टीबाट अलग हुन सक्छु तर राप्रपा फुटाउँदिन : कमल थापा

शुक्रबार, पुस २३, २०७८

काठमाडौं, २२ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले आफूले पार्टी नफुटाउने दाबी गरेका छन् । 

बिहीबार सामाजिक सञ्जालमार्फत थापाले विचार नमिले पार्टीबाट कुनै दिन नैतिक आधारमा अलग हुन सक्ने भएपनि राप्रपा कदापी नफुटाउने दाबी गरेका छन् । 

आफू निरंशुक र सक्रिय राजनीतिको पक्षमा नभएको भन्द उनले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीतिक भन्दा भाथी बस्न नचाहेको स्पष्ट संकेत मिलेको बताएका छन् । 

विगतमा आफूले राजसंस्थाको एजेण्ड बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र 'सिनो' बोकेर हिँडेको भन्दै गाली गर्नेहरुले नै अहिले आफूले राजा राजनीति भन्दा माथि रहनुपर्छ भन्दा आफ्नो खेदो खनिरहेको आरोप थापाको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार