ओलीले शुक्रबार एमालेको ७७ रै जिल्ला अधिवेशनलाई केन्द्रीय कार्यालयबाट सम्बोधन गर्ने

बिहीबार, पुस २२, २०७८

काठमाडौं, २२ पुस : एमालेका अध्यक्ष केपी ओलीबीट पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । 

ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ भोलि उदघाटन हुन लागेको हो । 

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार