अनेरास्ववियुको विधान महाधिवेशन ७ र ८ फागुनमा

मंगलबार, पुस २०, २०७८

काठमाडौं, २० पुस : अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को विधान महाधिवेशन ७ र ८ फागुनमा हुने भएको छ । अनेरास्ववियुले दिएको जानकारी अनुसा काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा विधान महाधिवेशन हुने भएको छ । 

प्रेस चौतारीको २८ पुसमा जिल्ला अधिवेशन, २ माघदेखि प्रदेश अधिवेशन 

एमालेनिकट प्रेस चौतारी नेपालले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ । लुम्बिनीमा १२ र १३ गते बसेको चौतारीको बैठकले २८ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । 

उनका अनुसार २ देखि ६ माघसम्म प्रदेश अधिवेशन गर्ने निर्णय गरिएको छ । प्रदेश १ को २ माघमा, बागमती, उपत्यका, प्रतिष्ठान एसोसिएट प्रदेशको पनि माघमै गरिने भनिए पनि मिति उल्लेख गरिएको छैन ।

लुम्बिनी प्रदेशको ४ माघ, कर्णाली प्रदेशको ६ माघ, सुदू्रपश्चिम प्रदेशमा ५ माघमा अधिवेशन गरिने अध्यक्ष बस्नेतले जानकारी दिए । उनका अनुसार लुम्बिनीको दाङमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगडीमा गरिनेछ । तर, प्रदेश २ को मिति तोकिएको छैन । 

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार