२३६ सदस्यीय केन्द्रीय समितिका सदस्य निर्वाचित गर्दै सकियो माओवादीको महाधिवेशन 

यस्तो बन्यो माओवादी टिम
आइतबार, पुस १८, २०७८

काठमाडौँ, १८ पुस । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा आज सम्पन्न महाधिवशेनले विभिन्न (क्षेत्र) क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रस्तुत गरेको नामलाई ध्वनीमतका आधारमा निर्वाचित गरिएको हो । केन्द्रीय सदस्यको घोषणा गर्दै माओवादीको महाधिवेशन आज सम्पन्न भएको हो । आज घोषणा गरिएका १४५ खुल्ला केन्द्रीय सदस्यमध्ये १११ को विवरण प्राप्त भएको छ । त्यसमा बाँकी रहेका ३४ भने केन्द्रीय समितिले मनोनयन गर्नेछ । 
यस्तै, विभिन्न जाती, क्षेत्र तथा समुदायका तर्फबाट अर्थात् समानुपातिक तर्फबाट १२५ को नाम घोषणा गरिएको छ । समानुपातिकतर्फ २९ भने केन्द्रीय समितिले मनोनयन गर्नेछ । माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने विधानले व्यवस्था गरेको छ । 

खुल्ला केन्द्रीय सदस्य 

बन्दशत्रले पारित गरेको खुला केन्द्रीय सदस्यको सूचीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २३औँ नम्बरमा समेटिएका छन् । यस्तै सदस्यमा नेपबहादुर थारु चौधरी, लक्ष्मणदत्त जोशी, शरदसिंह भण्डारी, खगराज भट्ट, नरेन्द्रबहादुर कुँवर, त्रिलोचन भट्ट, माधव सापकोटा, युवराज चौलागाइँ, लेखनाथ दाहाल, शालिकराम जमरकट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हेमलाल शर्मा छन् । 
यस्तै, केन्द्रीय सदस्यमा सन्तकुमार दरै, हितमान शाक्य, कृष्णप्रसाद सापकोटा, धर्मानन्द देवकोटा, मुक्तिनारायण प्रधान, ईश्वरीप्रसाद भट्टराई, सुनिलकुमार मानन्धर, हरिबोल गजुरेल, दिलीप महर्जन, सुदन किराती,  किरणकुमार राई, सुरेशकुमार राई, हेमराज भण्डारी, राजेन्द्र कार्की, एकचन्द्र बराल छन् । 
पदमबहादुर राई, सावित्रीकुमार काफ्ले, सुरेन्द्रकुमार कार्की, युवराज भट्टराई अजयशङ्कर नायक, अशोककुमार मण्डल, भरतप्रसाद साह, प्रकाशहरि पोखरेल, राजु खड्का, जोगकुमार बर्बरिया यादव, गोपाल ठाकुर, रामकुमार शर्मा, रामेश्वरराय यादव, मात्रिकाप्रसाद यादव, प्रल्हादकुमार बुढाथोकी, गिरिराजमणि पोखरेल, विश्वनाथ साह, गणेश साह, इन्द्रजित थारु, जीवन गौतम, तेजबहादुर ओली केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 
हेमराज शर्मा पोखरेल, गणेशमान पुन, जदप्रसाद शर्मा, वर्षमान पुन, महेश्वर गहतराज, कुलप्रसाद केसी, डोरप्रसाद उपाध्याय, सुकबहादुर रोका, तिलकराम शर्मा, चक्रपाणि खनाल, कृष्णध्वज खड्का, कृष्णबहादुर महरा, बामदेव क्षेत्री, झकबहादुर मल्ल, विन्दमान विष्ट, रामदीप आचार्य, महेन्द्रबहादुर शाही, राजकुमार शर्मा, शक्ति बस्नेत, गजेन्द्रबहादुर महत, तेजबहादुर बस्नेत, जनार्दन शर्मा, मायाप्रसाद शर्मा, कालिबहादुर मल्ल, युवराज दुलाल, रामप्रसाद सापकोटा, ओमनाथ ढुङ्गाना केन्द्रीय समितिमा समेटिएका छन् । 
माओवादीको केन्द्रीय समितिमा गङ्गा कार्की, पुष्पविक्रम मल्ल, लिलामणि पोखरेल, लक्ष्मण पन्त, लेखनाथ न्यौपाने, डिलाराम आचार्य, झक्कु सुवेदी, केन्द्रीय सदस्यमा सितबहादुर बस्नेत, कृष्णबहादुर केसी, अमरबहादुर गुरुङ, गुप्तबहादुर ठकुरी, खिमलाल देवकोटा अटाएका छन् । 
त्यस्तै,  देवेन्द्र पौडेल, हरिबहादुर चुमान, रामकृष्ण गैरे, नारायणकाजी श्रेष्ठ, कृष्णप्रसाद धिताल, देव गुरुङ, श्रीराम ढकाल, सुरेश आलेमगर, धितराज पाण्डे, दिनानाथ शर्मा, पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, यशोदा गुरुङ सुवेदी, पर्शुराम रम्तेल, महेन्द्र पासवान, गोपीबहादुर अछामी, दलजित विके सिरपाइली, वीरमान चौधरी केन्द्रीय सदस्य निर्वाचित भएका छन् । 

खस आर्यतर्फका केन्द्रीय सदस्य

खसआर्य पुरुषतर्फको केन्द्रीय सदस्यमा १४ जना निर्वाचित भएका छन् । नारायण दाहाल, सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, वसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले निर्वाचित भएका छन् । 
त्यसैगरी खसआर्य युवातर्फ चार जना केन्द्रिय सदस्य निर्वाचित भएका छन्् । विजय भण्डारी, दुर्गा चापागाईं, अनिल शर्मा र लालबहादुर सोडारीले जिम्मेवारी पाएका छन् । खसआर्य महिलातर्फ २५ महिला निर्वाचित भएका छन् । आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गाकुमारी बेल्बासे, दामाकुमारी शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, नारायणी शर्मा, वलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, समिता कार्की, लक्ष्मी न्यौपाने, मञ्जु बम, कुन्ती जोशी, टीका बुढाथोकी, गोमा कुँवर, कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा र मुक्ति चौलागाईं निर्वाचित भएका  छन् । त्यस्तै खसआर्य युवा महिलातर्फ छ जना निर्वाचित भएका छन् । यस क्षेत्रबाट यशोदा न्यौपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपन सिंखडा, गीता तिमल्सिना र कृष्णा शाह निर्वाचित भएका हुन् । 

जनजाति केन्द्रीय सदस्य 

जनजातितर्फ ११ जना केन्द्रिय सदस्य निर्वाचित भएका छन् । यस क्षेत्रमा अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर बुढामगर, जीतबहादुर योन्जन, दीपेन्द्रकुमार पुन, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, परशुराम तामाङ, हितबहादुर तामाङ, दीलिप प्रजापति र  छक्कबहादुर लामा रहहेका छन् । त्यस्तै चार जनजाति युवा केन्द्रिय सदस्य भएका छन् । इन्द्रबहादुर आङ्बो, हेमकुमार राई, डम्बर घर्तीमगर र नविन जिरेल सो पदमा निर्वाचित भएका छन् । जनजाति महिलातर्फ २२ जना केन्द्रिय सदस्य निर्वाचित भएका छन् । अमृता थापा, ओनसरी घर्ती, कमला रोका, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गा जयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खुम्बु किराती, पी घर्ती, लक्ष्मी पुन, मीना तामाङ, सरिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, लालकुमारी पुन र माया बल केन्द्रिय सदस्य भएका छन् । त्यसैगरी जनजाति युवा महिलातर्फ विना मगर, आर तामाङ, ममता ताजपुरिया र कमला दोङ निर्वाचित भएका छन् । 

दलित समुदायबाट  

यस समुदायअन्तर्गत विष्णुबहादुर विक, यमबहादुर परियार र जगत पार्की निर्वाचित भएका छन् । दलित महिलामा ११ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । अन्जना बिसङ्खे, सुशीला श्रीपाईली, सीता बौडेल, मानकुमारी नेपाली, सीता नेपाली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गाकुमारी विक र पम्फा बसेल निर्वाचित भएका हुन् । त्यस्तै दलित युवामा सुबोध श्रीपाइली तथा दलित युवा महिला पार्वती विक निर्वाचित भएका छन् । 

मधेसी समुदायबाट

मधेसी क्लस्टरबाट जगत यादव, शिवकुमार मण्डल र रामकुमार यादव केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी मधेसी युवामा सुरेन्द्र मेहता तथा मधेसी महिलातर्फ बोधमाया कुमारी यादव र सुनिताकुमारी यादव निर्वाचित भएकी छन् । 

थारु समुदायबाट

महाधिवेशनको विधानअनुसार थारु समुदायबाट सन्तकुमार चौधरी, हरिनारायण चौधरी र देवीलाल चौधरी निर्वाचित हुनुभएको छ । थारु युवाबाट अमनलाल मोदी थारु र थारु महिलाबाट रुपा चौधरी, अञ्जना चौधरी, अञ्जु चौधरी, दीपा चौधरी र कृष्णा चौधरी केन्द्रिय सदस्य भएका छन् । मुस्लिम समुदायबाट हकिकुल्लाह मुसलमान र मुस्लिम महिलामा  कौसर साह केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । पिछडिएको क्षेत्रबाट नरेश भण्डारी, देवकी मल्ल र कुमार पौडेल केन्द्रीय सदस्यका रुपमा निर्वाचित भएका  छन् । 

खुल्लाबाट ६ जना मात्रै महिला 

माओवादी केन्द्रको आज सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । खुल्लातर्फ १११ जना निर्वाचित हुँदा ६ जना मात्रै महिलाले स्थान पाएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषणा गरेको २३६ सदस्यीय केन्द्रीय समितिमा खुल्लातर्फ पम्फा भुसाल, उर्मिला अर्याल जयपुरी घर्ती, रेखा शर्मा, पूर्णकुमारी सुवेदी र यशोदा गुरुङ सुवेदी निर्वाचित भएका हुन् । माओवादीले केन्द्रीय समितिमा ३५ प्रतिशत महिलालाई स्थान दिने बताइएको थियो । यद्यपि सबै वर्ग, समुदाय र क्षेत्रको जोड्दा भने तोकिएको प्रतिशत पुग्न जाने माओवादीको दाबी छ । 

श्रीमान् श्रीमती को को ?

माओवादीले आज बन्दसत्रबाट निर्वाचित गरेको केन्द्रीय समितिमा एकै घरका श्रीमान् श्रीमतीको पनि राम्रै उपस्थिति देखिएको छ । खुल्लाबाट केन्द्रीय सदस्य बनेका हितमान शाक्यको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा छन् । शाक्य खुल्लाबाट केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । 
गणेशमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा समेटिएका छन् । खुल्लाबाट गणेशमान केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् । पूर्वमन्त्री वर्षमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा समेटिएका छन् । वर्षमान खुल्लातर्फबाट केन्द्रीय समिति सदस्य बन्दा उनकी श्रीमती ओनसरी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी छन् । कुलप्रसाद केसी र ताराकुमारी घर्ती दुवै जना केन्द्रीय समितिमा अटाएका छन् । केसी खुल्लाबाट केन्द्रीय सदस्य बने भने तारा जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । 
कृष्णध्वज खड्का र रेखा शर्मा पनि एकै घरबाट केन्द्रीय समिति सदस्य बनेका छन् । खड्का र शर्मा दुवै जना खुल्लातर्फबाट केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । पूर्वमन्त्री शक्ति बस्नेत र उनकी श्रीमती सत्या पहाडी केन्द्रीय समितिमा निर्वाचित भएका छन् । बस्नेत खुल्लातर्फबाट केन्द्रीय समितिमा आउँदा उनको श्रीमती सत्या पहाडी खस आर्य महिलाबाट केन्द्रीय समितिमा समेटिएकी हुन् । 
देवेन्द्र पौडेल र बलावती शर्मा पनि एकै घरबाट केन्द्रीय समितिमा निर्वाचित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पौडेल खुल्लाबाट केन्द्रीय सदस्य बन्दा बलावती खसआर्य महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् । देव गुरुङको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा निर्वाचित भएका छन् । उनकी श्रीमती यशोदा गुरुङ सुवेदी पनि खुल्लाबाट समेटिएकी छन् । 
दिलीप प्रजापति र प्रतिमा श्रेष्ठ पनि केन्द्रीय समितिमा अटाएका छन् । नेता लीलामणि पोखरेल र भूमि सुधारमन्त्रीसमेत रहेकी शशी श्रेष्ठ दुवै जना केन्द्रीय समितिमा अटाएका छन् । पोखरेल खुल्लातर्फबाट र श्रेष्ठ जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी छन् । देवेन्द्र पराजुली  र कल्पना धमला पनि श्रीमान् श्रीमतीकारूपमा केन्द्रीय समितिमा अटाएका छन् । पराजुली खसआर्यका तर्फबाट र धमला खसआर्य महिलाबाट केन्द्रीय समितिमा अटाएका हुन् । 

थारु समुदायका ११ जना 

माओवादीको आज निर्वाचित केन्द्रीय समितिमा थारु समुदायबाट नौ जना केन्द्रीय समितिमा निर्वाचित भएका छन् । त्यसमा सन्तकुमार चौधरी, हरिनारायण चौधरी, देवीलाल चौधरी छन् । थारु युवाबाट अमनलाल मोदी थारु र थारु महिलाबाट रुपा चौधरी, अञ्जना चौधरी, अञ्जु चौधरी, दीपा चौधरी र कृष्णा चौधरी निर्वाचित हुनुभएको छ । त्यस्तै खुल्लाबाट नेपबहादुर चौधरी, इन्द्रजित थारु निर्वाचित भएका छन् । 

अध्यक्ष प्रचण्डको एकाघरबाट छोरी रेणु दाहाल, भाइ नारायण दाहाल र बुहारी बिना मगर पनि केन्द्रीय समितिमा अटाएका छन् । माओवादीले शनिबार पारित गरेको विधानअनुसार सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति चयन गरेको दाबी गरेको छ । माओवादीले त्यसलाई ‘इन्द्रेणी’ प्रतिनिधित्वको नाम दिएको थियो । 
विधानअनुसार खुला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिएको छ । केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था छ । कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेशी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टरअनुसार नै केन्द्रीय समिति निर्वाचित भएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व गराइएको छ । मनोनित गर्न बाँकी रहेकामा सो व्यवस्थालाई पूर्णरूपमा लागू गरिने माओवादीको दाबी छ । 
आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार समानुपातिकतर्फको खस आर्यतर्फ ४५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था विधानमा गरिएको छ ।  त्यसमा पुरुष १२ जना, ४० वर्षभन्दा कम उमेर समूहका तीन जना, महिला २४ जना र ४० वर्षभन्दा कम उमेर समूहका महिला छ जना निर्वाचित हुनेछन् । आज घोषणा गरिएका थप गर्नुपर्ने भए केन्द्रीय समितिले थप गर्नेछ । 
यस्तै पहिलोपटक दलित समुदायलाई १५ प्रतिशत बराबरको हिस्सा प्रदान गर्ने जनाएको माओवादीले आज घोषणा गरेको केन्द्रीय समितिमा भने १६ जना मात्रै निर्वाचित गरेको छ । माओवादीले अल्पसङ्ख्यककारूपमा रहेका मुस्लिम समुदायका लागि सात जनाको सिट सुरक्षित गरेको बताएकामा आज निर्वाचित केन्द्रीय समितिमा हकिकुल्लाह मुसलमान र कौसर साह मात्रै अटाएका छन् । बाँकी पाँच जना भने मनोनयका क्रममा थप गरिनेछ । महिला, आदिवासी, जनजाति, मुस्लिम, थारू समुदायलाई अधिकार सम्पन्न गराउने गरी विधानमा व्यवस्था गरिएको नेता गुरुङले जानकारी दिएका थिए । 
 

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  २२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार