काँग्रेस सभापति देउवाद्धारा थप तीनजना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन

जीवनवहादुर शाही, प्रदीप पौडेल र कल्याण गुरुङ केन्द्रीय सदस्य 
आइतबार, पुस १८, २०७८

काठमाडौँ, १८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका नेताहरू जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । पार्टीको गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट सभापतिमा पुनःनिर्वाचित भएका देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को दफा २१ (१०) बमोजिम उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
 मनोनीत हुनुभएकामध्ये गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्रीमा पराजित भएको थिए । सभापति देउवाले यसअघि शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, बिमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका थिए ।  भर्खरै काठमाडौंमा सम्पन्न काँग्रेसको १४औँ महाधिवेशनले केन्द्रीय कार्यसमितिका १३४लाई पदाधिकारी तथा केन्द्रीय सदस्यमा निर्वाचित गरेको थियो । सभापतिले ३३ जना मनोनित गर्न पाउने काँग्रेस विधानमा उल्लेख छ । मनोनयनमा देउवाले आफू निकटका नेताहरुरुलाई प्राथमिकता राखेका छन् । सभापतिमा पराजित डा. शेखर कोइराला प्यानलबाट निर्वाचन लडेर पराजित भएका नेताहरु देउवाको मनोनयनमा परेका छैनन् ।
 

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार