अस्पतालमा थपिए दुई हजार ४९२ श्यया 

मंगलबार, फागुन ४, २०७७

काठमाडौं । कोभिड–१९ ले गर्दा नेपालका स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति भएको देखिएको छ । सरकारका तीन वर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल र स्वास्थ्य चौकीमा ३८.४ प्रतिशत श्यया वृद्धि भएको विवरण जानकारी दिए । अस्पताल र स्वास्थ्य चौकीमा दुई हजार ४९२ श्यया थप गरिएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।  अस्पताल र स्वास्थ्य चौकीमा उपलब्ध छ हजार ४९० श्ययामा थप दुई हजार ४९२ थप गरी आठ हजार ९८२ पु¥याइएको छ । प्रगति विवरणमा यस वर्ष मात्र ३०९ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको लागि एकैपटक शिलान्यास गरिएको उल्लेख छ ।  आगामी दुई वर्षभित्र सम्पन्न हुने स्थानीयस्तरका यी अस्पतालमा थप आठ हजार श्यया थपिन थालेको उनले जानकारी दिएका छन् । सरकारले स्थानीय तह हेरी पाँच, १० र १५ श्यया निर्माण कार्य थालिएको हो । प्रगति विवरणमा अर्को वर्ष थप २०४ स्थानीयस्तरका अस्पतालको निर्माण शुरू गरिने प्रधानमन्त्री ओलीले बताएका छन् । यस्तै सघन उपचार कक्ष ४०० श्यया, भेन्टिलेटरसहितको श्यया चीन र उच्च निर्भरता (हाई डिपेनडेन्सी) का लागि दुई हजार  श्यया थपिएको छ । 
सरकारले कोभिड–१९ को महामारी नेपालमा फैलिएको अवस्थामा पहिलोपल्ट पिसिआर परीक्षण गर्न मुलुकमा उपलब्ध प्रविधि पर्याप्त थिएन, पहिलो केसको पिसिआर परीक्षण गर्न सङ्कलित स्वाबलाई विदेश पठाउनु परेको उल्लेख गर्दै अहिले मुलुकमा ८३ वटा पिसिआर परीक्षण गर्ने प्रयोगशाला स्थापना गरेको जनाएको छ । 
प्रधानमन्त्री ओलीले विश्वलाई नै हल्लाएको यस महामारीले हाम्रो मात्र होइन, विकसित मुलुकहरुकै जनस्वास्थ्य सेवाको उपलब्धता र व्यवस्थापकीय क्षमतामाथि पनि गम्भीर प्रश्न खडा गरेको उल्लेख गर्दै यहाँ पनि गत वर्षको चैतको शुरुदेखि नै बन्दाबन्दी गरी कोभिड–१९ महामारी नियन्त्रणको प्रयास थालेको बताएका छन् । 
‘हामी मात्रै होइन, यस महामारीसँग सिङ्गो विश्व नै अनभिज्ञ थियो । हामी पनि यसबारे जान्दै बुभ्mदै थियौँ ।  सरकारले जे जस्ता प्रयास गरिरहेको थियो ती गलत थिएनन्’, ओलीले भनेका छन्, ‘पहिलोपल्ट पिसिआर परीक्षण गर्न मुलुकमा उपलब्ध प्रविधि पर्याप्त थिएन, पहिलो केसको पिसिआर परीक्षण गर्न सङ्कलित स्वाबलाई विदेश पठाउनुपरेको थियो । अहिले हामीसँग पिसिआर परीक्षण गर्ने ८३ प्रयोगशाला रहेका छन् ।’ नेपालमा अहिले अहिले २१ लाखभन्दा बढीको पिसिआर परीक्षण भइसकेको छ । प्रधानमन्त्री ओलीले कोभिड–१९ का सङ्क्रमितलाई आइसियू र भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने हुनसक्छ भनी छुट्याइएको तर हामीले गरेको तयारीको तुलनामा आइसियू प्रयोग गर्ने  र भेन्टिलेटरमा राख्नु पर्ने कोभिडका बिरामीको संख्या निकै न्यून रहेको जानकारी दिए ।  अहिले नेपालमा दुई लाख ७२ हजार ८४० जना सङ्क्रमित, दुई लाख ६९ हजार २०४ जना निको भएर घर फर्किएका छन् । निको हुने दर ९८.७ प्रतिशत रहेको छ । यस्तै दुई हजार ५५ जना सङ्क्रमणबाट निधन भएका छन । यो सङ्क्रमण दर कूल जनसङ्ख्याको १ प्रतिशतभन्दा कम र कोभिड–१९ को मृत्युदर करीब १ प्रतिशत रहेको छ । सरकारले कोभिड–१९ विरुद्धको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको छ भने खोप पनि माघ १४ गतेबाट निःशुल्क दिएको छ । अहिले देशभरि नै खोप अभियान सञ्चालन भएको छ । ‘विश्वमा कोभिड–१९ बिरुद्धको खोप लगाउन प्रारम्भ गरिएको एक डेढ महिनाभित्रै हामीले यो खोप लगाउन प्रारम्भ गरेका छौं । यसरी खोप अभियान शुरु गर्नेमा नेपाल, दक्षिण एशियामै दोस्रो मुलुक भएको छ’, उनले भने ।  कोभिड–१९ को महामारीको सामना गर्ने क्रमसँगै केन्द्रमा तीन सय श्यया  र सातवटै प्रदेशमा ५० श्ययाको सङ्क्रामक रोग अस्पताल निर्माण गर्न प्रक्रिया प्रारम्भ गरिएको उनको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  ०६:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार