सोसल मिडिया
Contact Us
युनिकोड
परासी, १४ पुस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरूकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताएका छन् । पार्टीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)द्वारा आज परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “पार्टीले समय आएपछि एमसिसीका विषयमा निर्णय लिन्छ । यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ ।” अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परितर्वन गर्नुपर्नेमा जोड दिए ।