माओवादीको बन्दसत्र सुरुः टोली नेतालाई १५ मिनेटको समय

बुधबार, पुस १४, २०७८

काठमाडौँ, १४ पुस । नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौँ महाधिवेशनको आज तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि समूहगत रुपमा आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । कमलदाीस्थित प्रज्ञा भवनमा केही बेरअघि ९१ः३० बजे०देखि बन्दसत्रको आजको कार्यक्रम सुरु भएको हो । प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ समूह बनाइएका थिए । समूहका टोली नेताले प्रतिवेदनमाथि समूहगत छलफलमा उठेका विषय वस्तुमाथि आफ्नो धारणा राख्ने क्रम सुरु भएको हो । बन्दसत्र सञ्चालनका लागि तय गरिएको अध्यक्ष मण्डलले टोली नेतालाई आफ्नो समूहको धारणा राख्नका लागि १५ मिनेटको समय प्रदान गरेको केन्द्रीय प्रचार समितिले जानकारी दिएको छ । टोली नेताले आफ्नो समूहको धारणा राख्न र छलफलका क्रममा उठेका विषयलाई लिखितरुपमा पनि प्रस्तुत गर्न निर्देशन दिइएको छ । बन्दसत्रमा नेता सुरेन्द्र कार्कीले पनि पूरक प्रतिवेदन पेश गरेका थियो । 

 

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १४:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार