माओवादी महाधिवेशन : देव गुरुङले थाले अन्तरिम विधान प्रस्तुत गर्न 

सोमबार, पुस १२, २०७८

काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले अन्तरिम विधान प्रस्तुत गर्न थालेका छन् । आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अपरान्हबाट गुरुङले विधान मस्यौदा (अन्तरिम विधान) प्रस्तुत गरिरहेका हुन् ।  यसअघि सोमबार नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले करिब सवा दुई घण्टा लगाएर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि गुरुङले केन्द्रीय समितिले तयार पारेको विधान विधान मस्यौदा प्रस्तुत गर्न थालेका हुन् । यसअघि नै प्रतिनिधिलाई सो मस्यौदा बाँडिएको थियो । दुवै प्रतिवेदनलाई समूहमा छलफल गरेर  संशोधन गर्दै पारित गर्ने माओवादीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार