माओवादी केन्द्रकाे आठाैँ महाधिवेशनकाे बन्दसत्र आजबाट

सोमबार, पुस १२, २०७८

काठमाडौं, १२ पुस : नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहानबाट सुरु हुँदैछ ।  आइतबार काठमाडौंमा उद्घाटन भएकाे महाधिवेशन बिहान ११ बजेका लागि तय भएकाे छ । अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ ।  

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेकाे छ। १६ सय भन्दा बढी  प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् । 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  ०८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार