ओली र प्रचण्डबीच कुराकानी

आइतबार, पुस ११, २०७८

काठमाडौं, ११ पुस : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच कुराकानी भएको छ । 

नेकपा माओवादी केन्द्रको आजबाट सुरु भएको महाधिवेशन अघि प्रचण्ड र ओलीबीच कुराकानी भएको हो ।

ओलीलाई प्रचण्डले आफूहरुको महाधिवेशनमा सहभागी हुन निम्तो गर्नका लागि आइतबार विहान फोन गरेको जानकारी दिएका छन् । 
'मैले उहाँलाई फोन गरेको थिएँ' प्रचण्डले भने, 'झापमा हुनुहुँदो रहेछ । काठमाडौंमा भए आइहाल्थे भनेर भन्नु ‍भयो ।  सम्मेलनमा कोही अरु नेता नबोलाउने भनेर म आइहाले भन्नु भयो, महासचिवलाई पठाउछु भन्नुभयो । महासचिवको रुपमा उहाँले जे राख्नुभयो त्यो मनन गर्न योग्य छ।'

तत्कालीन नेकपा विभाजित भएपछि ओली र प्रचण्डबीच कुराकानी हुन सकेको थिएन ।

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  २०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार