माओवादी महाधिवेशन : बन्दसत्र भोलि ११ बजे सुरु हुने

आइतबार, पुस ११, २०७८

काठमाडौं, ११ पुस : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि सुरु हुने भएको छ । 

माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो । उद्घाटनसत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ । 

नेता जनार्दन शर्माका अनुसार भोलि विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ । 

देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्। १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् । 
माओवादीय यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ । 

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  २०:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार