महाधिवेशन उद्‌घाटन गर्न प्रचण्ड प्रज्ञा भवनमा

आइतबार, पुस ११, २०७८

काठमाडौ :  नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीकाे आठौं महाधिवेशनस्थल प्रज्ञा भवन कमलादी पुगेका छन् ।

आइतबार दिउँसाे १ बजे पूर्वनिर्धारित कार्यक्रमलाई अपरान्ह ३ बजे पुर्‍याएपछि अध्यक्ष प्रचण्ड कमलादी पुगेका हुन् । 

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गराउने  निर्णयलाई आइतबार बसेकाे केन्द्रीय समितिले अनुमाेदनपछि समय लम्बिएकाे हाे । उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताले सम्बाेधन गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार