राष्ट्रिय सम्मेलन नै माओवादीको महाधिवेशन 

शनिबार, पुस १०, २०७८

काठमाडौं, १० पुस । राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको नेकपा माओवादी केन्द्रले अन्तिम समयमा आएर राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ । राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यमा शनिबार बसेको माओवादी स्थायी कमिटीको बैठकले आइतबारबाट शुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण प्रस्ताव अघि सारेको छ ।
माओवादीको राष्ट्रिय सम्मेलनले आइतबार अपराह्नदेखि काठमाडौंमा हुने कार्यक्रम छ । स्थायी समितिका सदस्यका अनुसार तल्लो कमिटीबाट सम्मेलन गरेर आएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्न लागिएको हो । आइतबार विहान ८ बजे बस्ने केन्द्रीय समितिको बैठकले यसबारे औपचारिक निर्णय गर्ने माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
 

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १९:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार