सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १० पुस : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्राप्त गरेका छन् । महाधिवेसनअघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण्डले कुल एक हजार चार सय ८३ राष्ट्रिय सम्मेलन प्रतिनिधिको १० प्रतिशत छनौट गर्ने अधिकार प्राप्त गरेका हुन् ।
प्रवक्ता कृष्णबहादुर महराका अनुसार प्रचण्डले विभिन्न पार्टीबाट प्रवेश गरेकासहित एक सय ४८ प्रतिनिधिलाई राष्ट्रिय सम्मेलन प्रनिनिधिका रुपमा मनोनयन गर्नेछन् । माओवादीको प्रथम राष्ट्रिय सम्मेलन ११ पुसमा प्रज्ञा भवन काठमाडौंमा उद्घाटन हुँदैछ ।
पदाधिकारीको संख्या १५ बनाउन प्रचण्डको प्रस्ताव
नेकपा माओवादी केन्द्रमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ । स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरेका हुन् ।
अहिले विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित पाँच जना मात्रै पदाधिकारी रहने व्यवस्था छ । तर अध्यक्ष प्रचण्डले पदाधिकारी १५ बनाउने प्रस्ताव बैठकमा गरेका छन् ।
माओवादीका एक स्थायी समिति सदस्यले पद बढाउने प्रस्ताव गरिएको भएपनि अध्यक्ष बाहेक कुन कुन पदमा कति जना भन्नेबारे भने टुंगो नलागेको बताए । उनका अनुसार यसबारे भोलि बस्ने बैठकमा थप छलफल हुनेछ ।
माओवादीले पुस ११ गतेबाट काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।
माओवादी केन्द्रको आजै दुई पटक स्थायी कमिटी बैठक
प्रथम राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा नेकपा माओवादी केन्द्रले एकै दिन दुई वटा स्थायी समिति बैठक आव्हान गरेको छ । ११ पुसदेखि सुरू हुने राष्ट्रिय सम्मेलन उद्घाटन हुनु एक दिनअघि दिउँसो नै दुई पटक स्थायी कमिटी बैठक बोलाएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार अपरान्ह १ बजे र दिउँसो ४ बजे स्थायी कमिटी बैठक बस्नेछ । उनका अनुसार स्वनाम साथीको स्मृति सभालाई सम्बोधन गर्न लागेका प्रचण्डले पत्रकारहरूसँग अन्तरक्रिया पनि गर्नेछन् ।