सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ९ पुस । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बिहान बस्ने भएको छ । ११ पुसबाट काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा लमजुङबाट १३ प्रतिनिधि छनोट माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि लमजुङबाट १३ जना छनोट भएका छन् । ११ १३ पुस काठमाडौंमा तय भएको माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा केन्द्रीय सदस्यसहित १३ जना प्रतिनिधिले सहभागिता जनाउने भएका हुन् ।
सदस्य संख्याको आधारमा राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट हुनेमा जिल्ला समन्वय कमिटी संयोजक एवं गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी, नेता बुद्धिराम गुरुङसहित सरोश शर्मा र सुनिल सुनार छन् ।
केन्द्रीय सल्लाहकार ऋषिराम पौडेल, चित्रबहादुर कार्की ९सिवी० र हिमकुमारी सुनार पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट भएका छन् भने जेष्ठ नागरिक कम्युनिष्ट मञ्चका पूर्णबहादुर गुरुङ र युवराज पराजुली पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट भएका छन् ।
माओवादी केन्द्र लमजुङका अनुसार जिल्लामा पार्टी सदस्य संख्याको आधारमा चार जना छनोट भएका हुन् भने पार्टीको प्रदेश कार्यालय बैठकले थप दुईजना छनोट गरेको हो । सो बाहेक नेकपा माओवादी प्रदेश कार्यालय बैठकले जिल्लाका सतिमाया तामाङ र मोहमद जलालद्धिन मियालाई राष्ट्रिय सम्मेलन प्रतिनिधीको रुपमा छनोट गरेको हो ।
पार्टीको केन्द्रीय सदस्य समेत रहेका देवेन्द्र पराजुली र केन्द्रीय प्रतिनिधि पारसमणि पौडेल पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि भएका छन् ।
माओवादी केन्द्रले वडा, टोल, पालिका हुँदै प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ । लमजुङमा पनि वडासहित जिल्लाका ८ वटा स्थानीय तहमध्ये सात वटामा नेतृत्व चयन भइसकेको छ । पोखरामा सम्पन्न प्रदेश अधिवेशनबाट लमजुङका १३ जना प्रदेश कमिटीमा चयन भएका छन् ।