सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ८ पुस : नेपाली कांग्रेसको जारी मतगणना अन्तर्गत खस आर्यतर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।
पार्टी कार्यालय सानेपामा बिहीबार साँझ सम्पन्न मतगणनामा खसआर्य खुला केन्द्रीय सदस्यतर्फ ७ खुला पदमा सभापति शेरबहादुर देउवा पक्षले ६ पदमा जित हात पारेको छ ।
मतगणनामा केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, मधु आचार्य, भीम पराजुली, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी निर्वाचित भएका छन् ।
निर्वाचित केन्द्रीय सदस्यमा मधु आचार्यबाहेक सबै संस्थापन समूहका उम्मेदवार हुन् ।
खसआर्य महिलातर्फ ६ मध्ये पाँच पदमा देउवा पक्ष विजयी
नेपाली कांग्रसको खसआर्य महिलातर्फ को केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।
६ जना चयन गर्नका लागि भएको मतगणनामा मञ्जु खाण, प्रतिमा गौतम, चम्पादेवी खड्का, नानु बास्तोला, कान्तिका सेजुवाल र विद्यादेवी तिमिल्सिना विजयी भएका छन् ।
विजयी मध्ये पाँच जना सभापति शेरबहादुर देउवा पक्षबाट विजयी भएका हुन् गौतम भने संस्थापन इतरपक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।