बागमती प्रदेशको बैठक एमालेद्वारा अवरुद्ध

बिहीबार, पुस ८, २०७८

मकवानपुर, ८ पुस । बागमती प्रदेशसभाको आजको बैठक पनि अवरुद्ध भएको छ ।   प्रदेशसभाको आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेस गर्न लाग्दा नेकपा (एमाले) का प्रदेशसभा सदस्य केशवराज पाण्डेले बुधबारका बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताए ।  यसपछि सभामुख श्रेष्ठले अर्को सूचना नआएसम्म बैठक स्थगित भएको बताए । आजको बैठकमा उद्योग, पर्यटन, उच्च शिक्षासम्बन्धी विधेयक प्रस्तुत गर्ने  कार्यसूची थियो । 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १९:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार