सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ८ पुस । नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३ प्रतिनिधिको सहभागिता हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५, आयोग ७५, केन्द्रीय विभाग १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधि ८०३ गरी कूल एक हजार ४६० को सहभागिता रहनेछ । यसबाहेक जनयुद्धका घाइते, अपाङ्गता भएका व्यक्ति तथा पूर्वजनमुक्ति सेनाका तर्फबाट पाँच प्रतिशत अर्था्त ७३ जना मनोनीत गरिनेछ । सबैभन्दा धेरै बागमती प्रदेशबाट १२८ र कम प्रवास प्रदेश समितिबाट ३४ प्रतिनिधि सहभागी हुनेछन् । प्रदेश नं २ बाट १०६, लुम्बिनीबाट १०५, प्रदेश नं १ बाट ९६, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, गण्डकीबाट ७४, सम्पर्क समन्वय प्रदेशबाट ४३ र उपत्यका विशेष प्रदेशबाट ४२ प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिए । माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११ देखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुँदैछ । राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ । सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि राजीतिक वैचारिक प्रतिवेदन पेश गर्ने बताइएको छ ।
माओवादी प्रदेश कमिटीमा नेम्वाङ विजयी नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो)१६९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धि मुक्साहाङ मेन्याङ्बोले ६४ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा सात मत बदर भएको थियो । तीन जना उपाध्यक्षमा देवान चाम्लिङ,, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ विजयी भएका छन् । उनीहरुले क्रमशः १२०, ११३ र १११ मत प्राप्त गरेका थिए । यस्तै सचिवमा गणेश उप्रेती १४८ मत प्राप्त गरी विजयी भने उनका प्रतिद्वन्द्वी (सिपी कडरियाले ८३ मत प्राप्त गरे । तीन जना सहसचिव पदमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुङ्गाना ९५ मत प्राप्त गरी विजयी भएका छन् भने कोषाध्यक्षमा रेवतराज पुरी(गगन) ले ९३ मत प्राप्त गरी विजयी हासिल गरे । उनका निकटतम प्रतिस्पधि बन्दना झाँगडले ५७ मत प्राप्त गरेका थिए । नौ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उम्मेदवारी परेको थियो । मतदान प्रक्रियामा १९ अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ । गत मङ्सिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो ।