सभामुख सापकोटाको आग्रहलाई एमाले सांसदको बेवास्ता 

बुधबार, पुस ७, २०७८

काठमाडौं, ७ पुस । सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा अवरोध नगर्न गरेको आग्रहलाई एमाले सांसदहरूले बेवास्ता गरिरहेका छन् ।  प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी गर्दै आएका छन् । बुधबार पनि बैठक सुरु हुनासाथ एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।  सोही बेला सभामुख सापकोटाले संसदीय नियमावली स्मरण गराउँदै अदालतमा विचाराधीन विषयलाई नउचाल्न आग्रह गरेका छन् । संसद बैठक सुचारु हुने वातावरण बनाउन विशेष आग्रह गरे पनि एमाले सांसदले बेवास्ता गर्दै नाराबाजी गरेपछि सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् । 

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १३:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार