एमाले झापा इन्चार्जमा अग्नि खरेल

सोमबार, पुस ५, २०७८

झापा, ५ पुस : नेकपा एमालेले झापा जिल्ला इन्चार्जमा अग्नि खरेललाई तोकेको छ । एमालेले झापा इन्चार्जमा स्थायी कमिटी सदस्य, पूर्व महान्यायाधिवक्ता तथा पूर्व मन्त्री खरेललाई तोकेको हो । 

खरेल ओलीका विश्वास पात्र हुन् । नेकपा एमाले झापाका नेताहरूले ओलीले आफ्नो प्रभाव बलियो बनाउन झापा इन्चार्जको जिम्मेवारी खरेललाई दिइएको बताइएको छ । 

खरेलले लामो समय झापा बाहिर रहेर काम गरे पनि अब झापामै बसेर काम गर्न चाहेको एमाले स्रोतले बताएको छ । 

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  २१:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार