एमसीसीको पक्षमा उभिने लोसपाको निर्णय

सोमबार, पुस ५, २०७८

काठमाडौं, ५ पुस : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को पक्षमा उभिने निर्णय गरेको छ । 

एमसीसी संसदबाट पास गर्ने विषयमा विवाद जारी रहँदा लोसपाको संसदीय दलको बैठकले संसदमा त्यसको पक्षमा उभिने निर्णय गरको हो । 

लोसपा सांसद लक्षमणलाल कर्णले आफूहरु एमसीसीको विपक्षमा नभएको बताए । 'लोसपा एमसिसीको विपक्षमा छैन, संसद बैठकमा पेस भए पक्षमा मतदान गर्ने निर्णय भएको छ´ कर्णले न्युज कारखानासँग भने ।

यो निर्णयसँगै एमसिसीको पक्षमा उभिने लोसपा दोस्रो दल बनेको छ ।

यसअघि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी सत्ता गठबन्धनसहितका अधिकांश दलले एमसीसी पास गर्न नहुने बताएका थिए । 

प्रधानमन्त्री देउवाले एमसीसी संसदमा पेस गर्ने तयारी गरेको जानकारी गराएपछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, राजपा लगायतका दलले चर्को विरोध गरेको थियो । 

त्यस्तै एमसिसीबारे साझा धारणा बनाउन भन्दै सत्ता गणबन्धनले झलनाथ खनालको नेतृत्वमा अध्ययन समिति गठन गरेको छ । 

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  २१:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार