सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ५ पुस । नेकपा (एमाले) को अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय ललित आयोगको आव २०७६÷०७७ र आव २०७७÷७८ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची थियो । बैठक सुरु हुने वित्तिकै एमालेका सांसद देवेन्द्र दाहालले आफूहरुको माग सम्बोधन नभएकाले राष्ट्रियसभाको बैठक अगाडि बढ्न नसक्ने बताए । उनले १०औँ बैठकदेखि नै आफूहरुले उठाएको माग सम्बोधन हुन नसकेका कारण आफूहरुले सहज रुपमा बैठक अगाडि बढाउन नदिने बताए । प्रतिनिधिसभाका सभामुखले आफूहरुले कारबाही गरेका सांसदका सम्बन्धमा कुनै पनि निर्णय नगरेका कारण बैठक अगाडि बढ्नुको अर्थ नभएको तर्क उनले गरे। एमालेलेका सांसदले उभिएर विरोध गरेपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आशन ग्रहण गर्न पटक पटक आग्रह गरेका थिए । त्यसपछि राष्ट्रियसभाको अर्को बैठक अर्को सूचना जारी नहुँदासम्म स्थगित भएको सभाध्यक्ष तिमिल्सनाले जानकारी गराए ।