सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको ३५९५ मतको गणना सकिएको छ । पार्टी कार्यालय सानेपामा ३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतगणनामा आइतबार दिउँसोसम्म ३५९५ मत गणना हुँदा डा. शशांक कोइराला २९४० मतसहित पहिलो स्थानमा छन् । उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडा छन् । अहिलेसम्म प्राप्त मतअनुसार डा। शशांक कोइरालाले अग्रता कायमै राखेका छन् संस्थापन र इतर दुवै प्यानलमा परेका शशांकले २ हजार ९४० मत ल्याएका छन् । त्यसपछि एनपी साउँद, बालकृष्ण खाण उदय शमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी क्रमशस् दोस्रोदेखि दशौंमा छन् ।