सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ४ पुस । संसद्मा एमालेले अवरोध कायम राखेपछि समाधानको उपाय खोज्न सत्तारुढ गठबन्धनले छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरु छलफलमा बसेका थिए । सत्ता गठबन्धनको बैठक सकिए लगत्तै सर्वदलीय बैठक शुरु भएको छ । बैठकमा एमाले भने सहभागी छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकअघि बालुवाटारमा एमसीसीका विषयमा सत्ता गठबन्धनमा छलफल भएको थियो । सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेस एमसीसी सम्झौता पारित गर्नुपर्ने पक्षमा छ भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दलहरु सम्झौता परिमार्जन गर्नुपर्ने पक्षमा छन् ।