प्रधानमन्त्री देउवालाई अध्यक्ष दाहालद्वारा बधाई

शुक्रबार, पुस २, २०७८

काठमाडौँ, २ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित भएका प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बधाई तथा शुभकामना दिएका छन् ।    प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले महाधिवेशनबाट निर्वाचित सभापति देउवासहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका हुन् । भेटका अवसरमा उनीहरुबीच चालू संसद्लाई नियमित सञ्चालन गर्न सर्वदलीय बैठक बोलाउनेबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सो अवसरमा अध्यक्ष दाहालले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारवाहीका बारेमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

 

 


 

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १५:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार