कांग्रेस महामन्त्रीमा थापा र शर्माको अग्रता कायमै

बिहीबार, पुस १, २०७८

काठमाडौँ, १ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता कायमै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा हालसम्म तीन हजार १२० मत गणना भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सबैभन्दा बढी थापाले दुई हजार ३७ मत ल्याएर अग्र स्थानमा छन् भनेअर्का प्रत्यासी शर्माले एक हजार २५५ मत प्राप्त गरेका छन् । 
  त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार क्रमशः डा प्रकाशशरण महतले एक हजार २४, प्रदीप पौडेलले ९३५, डा मीनेन्द्र रिजालले ५४६ र डा राजाराम कार्कीले ७५ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार