सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता लिएका छन्। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म ६०० मत गणना हुँदा सबैभन्दा बढी गगनकुमार थापाले ३८९ मत प्राप्त गरेका छन् । महामन्त्रीका अर्का प्रत्यासी विश्वप्रकाश शर्माले २२९ मत ल्याउनुभएको छ ।
त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार क्रमशः डा प्रकाशशरण महतले १९३, प्रदीप पौडेलले २०६ डा मीनेन्द्र रिजालले १०८ र डा राजाराम कार्कीले १८ मत प्राप्त गरेका छन्।