मोरङमा सबैभन्दा बढी सङ्क्रमण

बुधबार, मंसिर २९, २०७८

विराटनगर, २९ मङ्सिर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ को जिल्ला मोरङमा १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा सुनसरीमा पाँच, झापामा दुई, धनकुटा, तेह्रथुम र प्रदेश बाहिर एकरएक जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमित ३८५ जनाको पिसीआर परीक्षण गर्दा २७ र १५१ जनाको ऐन्टिजेन परीक्षण गर्दा दुई जना गरी कूल २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा आजै १२ महिलासहित २४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १९:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार