समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा विश्वकर्मा

बुधबार, मंसिर २९, २०७८

नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपाल पर्वत शाखाको अध्यक्षमा लक्ष्मण विश्वकर्मालाई चयन गरिएको छ । विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्माण गरिएको हो । त्यसैगरी सदस्यहरूमा सन्देश लामिछाने, प्रताप आचार्य, सुमित विक, एलके पौडेल, सदीक्षा शर्मा पोखरेल, अमृत लम्साल, महेश भुसाल, अस्मिता परियार, सुरेश परियार, मीनु सापकोटा, जीवन परियार, सन्तोष पौडेल र युवराज पौडेल रहेका छन् । शाखा गठनका लागि आयोजित भेलामा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष मोतीप्रसाद पौडेल, प्रेस सङ्गठन नेपाल गण्डकी प्रदेश कमिटीका संयोजक गणेश पौडेललगायतको उपस्थिति थियो । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १२:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार