सभापतिमा पुन: निर्वाचित भएकामा देउवालाई माधवकुमार नेपालको बधाई

बुधबार, मंसिर २९, २०७८

काठमाडौँ, २९ मङ्सिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुन: निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुन: सभापतिमा निर्वाचित हुनुभएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १२:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार