सरकारले सदन खुलाउने प्रयास गर्नुपर्छ : वरिष्ठ नेता पौडेल 

बुधबार, मंसिर २९, २०७८

काठमाडौँ, २९ मङ्सिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अवरुद्ध सदन खुलाउन सार्थक प्रयास गर्नुपर्ने सुझाव दिनुभएको छ ।  नेता पौडेलले आज विज्ञप्ति जारी गर्दै सदनले मात्र देशलाई लोकतान्त्रिक गति दिने उल्लेख गर्दै संसद् खुलाउन सबै पक्षको सार्थक प्रयासको खाँचो औँल्याउनुभयो । “राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने क्रियाकलापप्रति सचेत रहन म आम नागरिकको ध्यानाकर्षण गराउँछु”, विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार