कांग्रेस महाधिवेशन : ह्विलचियर र लौरो टेकेर मतदान

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं, २८ मंसिर : नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ । मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ । 

पार्टी सभापति चयनका लागि अपांगता भएका प्रतिनिधिहरु ह्विलचियर र लौरो टेकेर मतदान गर्न मतदानस्थल राष्ट्रियसभा गृह पुगेका छन् । उनीहरुलाई लाइन नलागी मतदान गर्ने व्यवस्था गरेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ । 

सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन् । पहिलो चरणको निर्वाचनमा देउवा र कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार